सुन–चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु ५,४७५ पुगेको छ ।
गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ३ हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो । शुक्रबार सुनको मूल्य रु ३ लाख १३ हजार ४०० र चाँदीको मूल्य रु ५ हजार ४४५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुन र चाँदीको मूल्य उच्च रहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार सुनको मूल्य एक औँसमा ५ हजार १७० अमेरिकी डलर र चाँदीको मूल्य ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
विश्लेषकहरूले अन्तरराष्ट्रिय आर्थिक अस्थिरता र मुद्रास्फीतिका कारण स्थानीय बजारमा मूल्य बढेको विश्लेषण गरेका छन् । आगामी दिनमा सुन–चाँदीको मूल्य अझ बढ्ने सम्भावना रहेको विज्ञहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना