सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको छ। केही दिनयता लगातार घटिरहेको सुनको मूल्य आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले वृद्धि भई २ लाख ८७ हजार ७०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३४० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना