सुन–चाँदीको भाउ पुनः बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको छ । आज पनि दुवै बहुमूल्य धातुको मूल्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रु चार हजार ५८५ पुगेको छ । महासङ्घका अनुसार यी दुवै मूल्य हालसम्मकै उच्च हुन् ।
यसअघि गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार भने दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर सुन प्रतितोला रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो ।
विश्लेषकहरूका अनुसार अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्यमा वृद्धि देखिएको हो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अन्तरराष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य थप उतारचढाव हुने सम्भावना रहेको व्यवसायीहरूले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार