सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन–चाँदीको भाउ पुनः बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

जलसरोकार
शुक्रबार, पुस ११, २०८२ | ११:०९:५९ बजे

 

काठमाडौं : पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार उकालो लागिरहेको छ । आज पनि दुवै बहुमूल्य धातुको मूल्य बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ६९ हजार ३०० कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रु चार हजार ५८५ पुगेको छ । महासङ्घका अनुसार यी दुवै मूल्य हालसम्मकै उच्च हुन् ।

यसअघि गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार भने दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर सुन प्रतितोला रु दुई लाख ६७ हजार ५०० र चाँदी रु चार हजार ४०० मा कारोबार भएको थियो ।

विश्लेषकहरूका अनुसार अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्यमा वृद्धि देखिएको हो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अन्तरराष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य थप उतारचढाव हुने सम्भावना रहेको व्यवसायीहरूले बताएका छन् ।

प्रकाशित मिति : शुक्रबार, पुस ११, २०८२ | ११:०९:५९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया