पुनः बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?
जलसरोकार
काठमाडाै : नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव