सुन–चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ: नेपाली बजारमा आज (सोमबार) सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु २ हजार ३०० ले बढेको सुनको भाउ आज भने तोलामा रु ३ हजारले घटेको हो ।
आज सुन प्रतितोला रु ३ लाख २ हजार ८०० मा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला रु ३ लाख ५ हजार ८०० मा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला रु ४ हजार ९८५ मा कारोबार भएको चाँदी आज रु ४ हजार ८६० मा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला रु १२५ ले घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ९७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना