सुन–चाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर चार हजार ६०५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावअनुसार स्वदेशी बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा समायोजन हुँदै आएको महासंघले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना