लगातार तेस्रो दिन घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। मंगलबार सुन प्रतितोला १ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ मा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँ मा किनबेच भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ५५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँ मा कारोबार भएको थियो।
पछिल्ला तीन कारोबार दिनदेखि अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ। यस अवधिमा सुन र चाँदी दुवैको मूल्यमा क्रमिक गिरावट देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना