लगातार दोस्रो दिन घट्यो सुनचाँदीको मूल्य,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य सामान्य घटेको छ। लगातार दोस्रो दिन मूल्य ओरालो लागेसँगै सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला २० रुपैयाँले सस्तो भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँ मा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँ मा कारोबार भएको थियो।
यससँगै पछिल्ला दुई कारोबार दिनदेखि नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घट्ने क्रम जारी रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना