सुनचाँदीको भाउ ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : पछिल्ला दिनहरूमा निरन्तर बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि मंगलबार घटेको छ । चाँदी प्रतितोला ३ सय ५ रुपैयाँले घट्दै ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार यसको भाउ बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाका कारण स्वदेशी बजारमा सुनचाँदीको भाउमा दैनिक परिवर्तन देखिएको व्यवसायीहरूको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता : मन्त्री कुलमान घिसिङ
-
सुनचाँदीको भाउ ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सैद्धान्तिक विचलनको आरोपसहित महाधिवेशन प्रतिनिधि खगेन्द्र कर्णद्वारा कांग्रेस परित्यागको घोषणा
-
देशलाई सही निकासतर्फ लैजान एकीकरण महत्वपूर्ण : कुलमान घिसिङ
-
नेपालगन्ज भन्सारबाट पाँच महिनामा साढे सात अर्बभन्दा बढी राजस्व सङ्कलन
-
मेची भन्सारमा पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी राजस्व सङ्कलन