सुनचाँदीको भाउ ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौँ : पछिल्ला दिनहरूमा निरन्तर बढिरहेको सुनचाँदीको भाउ मंगलबार एकाएक घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । आइतबार सुनको भाउ प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको भाउ पनि मंगलबार घटेको छ । चाँदी प्रतितोला ३ सय ५ रुपैयाँले घट्दै ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने सोमबार यसको भाउ बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाका कारण स्वदेशी बजारमा सुनचाँदीको भाउमा दैनिक परिवर्तन देखिएको व्यवसायीहरूको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?