सुनचाँदीको मुल्य सस्तियो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार ५०० मा कारोबार भइरहेको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र चाँदी प्रतितोला रु पाँच हजार ३४० मा कारोबार भएको थियो। बुधबार सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदी रु पाँच हजार २९० रहेको थियो ।
यसअघि मङ्गलबार सुन प्रतितोला रु तीन लाख पाँच हजार ५०० र चाँदी रु पाँच हजार २४० कायम भएको थियो भने सोमबार सुन प्रतितोला रु तीन लाख चार हजार ६०० र चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस पाँच हजार ६५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बादल
-
दशैंमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको तयारी
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी