सुनचाँदीको मुल्य सस्तियो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
जलसरोकार
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार ५०० मा कारोबार भइरहेको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र चाँदी प्रतितोला रु पाँच हजार ३४० मा कारोबार भएको थियो। बुधबार सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदी रु पाँच हजार २९० रहेको थियो ।
यसअघि मङ्गलबार सुन प्रतितोला रु तीन लाख पाँच हजार ५०० र चाँदी रु पाँच हजार २४० कायम भएको थियो भने सोमबार सुन प्रतितोला रु तीन लाख चार हजार ६०० र चाँदी रु पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस पाँच हजार ६५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना