सुन र चाँदीको मूल्य घट्यो,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
जलसरोकार
काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ६५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै एकैदिन सुनको मूल्यमा ५०० रुपैयाँ र चाँदीको मूल्यमा ६५ रुपैयाँको गिरावट आएको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना