सुन–चाँदीको मूल्य फेरि घट्यो,आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा सुन र चाँदीको मूल्य बिहीबार पनि घटेको छ। पछिल्ला केही दिनदेखि निरन्तर घट्दो क्रममा रहेको बहुमूल्य धातुको मूल्य यस दिन थप ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी ४ हजार ९१५ रुपैयाँमा किनबेच भएको थियो।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव, डलरको उतारचढाव तथा मागमा आएको कमीका कारण सुन–चाँदीको मूल्य लगातार घटिरहेको अनुमान गरिएको छ। मूल्य घटेसँगै उपभोक्तालाई केही राहत मिले पनि लगानीकर्ताहरू भने बजारको आगामी दिशा प्रतीक्षामा रहेको देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य