सुनचाँदीको मूल्य घट्यो
जलसरोकार
काठमाडौँ, – अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेकोे छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू एक हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला रू एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ । शुक्रबार प्रतितोला रू एक हजार आठ सय ६० मा कारोबार भएको चाँदी आज रू एक हजार आठ सय ४० मा किनबेच भइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री घिसिङ
-
देशभर मौसम मुख्यतया सफा, काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री
-
कर्णाली चिसापानी १० हजार ८०० मेगावाट जलविद्युत् अगाडि बढाउँदै छौं : मन्त्री घिसिङ
-
विद्युत् विकास विभागले फेरि निकाल्यो खोलानाला बेचबिखनको सूचना
-
एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय
-
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटिए