सुन र चाँदी दुवैको मूल्य घट्यो
जलसरोकार
काठमाडौँ : नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले कमी आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। मंगलबार भने सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय माग–आपूर्तिको अवस्थाले गर्दा मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य