राष्ट्रिय जनमोर्चाद्वारा बाढीपहिरोमा बेपत्ता नागरिकको प्रभावकारी खोजतलास गर्न माग
जलसरोकार
काठमाडौं : देशमा बाढीपहिरोबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर दुःख प्रकट गर्दै बाढीपहिरोका विभिन्न घटनामा बेपत्ता भएका सबै नागरिकहरूको खोजतलासमा प्रभावकारी कदम चाल्न माग गरेको छ ।
देशमा बाढीपहिरोको घटनाहरू पहिलेदेखि नै गम्भीर रूपले हुँदै आएकाे उल्लेख गर्दै जनमोर्चाले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी बाढीपहिरोको रोकथाम र त्यसबाट हुने क्षतिलाई कम गर्नका लागि सरकारले प्रभावकारी पहलकदमी नलिएको उल्लेख गरेको छ ।
‘बाढीपहिरोबाट मानव वस्तीहरू, सडक बाटोघाटो, जग्गाजमिनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन्, ’जनमोर्चाले विज्ञप्तिमा भनेको छ, ‘सडकमा रहेका सवारी, गाडी आदि पहिरोमा परेर पुरिने क्रम दोहोरिरहेको छ । यसले सरकारको चरम प्रकारको लापरवाही र दायित्ववोधको अभावलाई देखाउँछ ।’
‘यो दुःखको कुरा हो कि बाढीपहिरो जोखिमताको प्रबलता बढेको बेलामा सडक यात्राको जोखिमताप्रति सरकार सचेत रहेको देखिँदैन । त्यसले गर्दा देशले बढी क्षति व्योहोर्नुपरेको छ । हामीले यी सबै समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम उठाउनका लागि जोड दिँदै बाढीपहिरो नियन्त्रण र जोखिमतालाई न्यूनिकरण गर्न सरकारको ध्यान गम्भीर रूपमा आकर्षित गर्दछौँ, ’ विज्ञप्तिमा छ ।
अहिले देशमा बाढीपहिरोबाट भएका घटनामा उद्धार लागि सुरक्षाकर्मीको परिचालन गरे पनि त्यो जनशक्ति पर्याप्त हुन सकेको जनमोर्चाको भनाइ छ । ‘उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि सरकारले पर्याप्त जनशक्ति परिचालन गर्नुपर्नेमा समेत हामीले जोड दिन चाहन्छौँ,’ उसले भनेको छ ।
बाढीपहिरोमा परी मृत्यु भएका सबै नागरिकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूका निःशुल्क उपचारको प्रभावकारी व्यवस्था मिलाउनका लागि जनमोर्चाले सरकारसँग माग गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स