ऊर्जामन्त्री आफै कुचाे लिई मन्त्रालयको सरसफाइमा खटिए
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नाे मन्त्रालयमा कुचाे लगाएका छन् ।
मन्त्री खड्काले आज मन्त्रालयभित्र र मन्त्रालय परिसरभित्र आफै सरसफाईमा खटिएर कर्मचारीलाई समेत हौसला प्रदान गरे ।
सरसफाई गर्ने क्रममा मन्त्रालय, मन्त्रालय अन्तर्गत रहेका सबै कार्यालयलाई सफा राख्न आग्रह गरे ।
मन्त्री खड्काले मन्त्रालय र यसअन्तर्गतका कार्यालयमा रहेका पुराना प्रयोगमा नआएका सवारी साधनलाई कानूनबमोजिम लिलामी प्रक्रिया अगाडि बढाउन समेत कर्मचारीलाई निर्देशन दिए ।
उनले आज सरसफाईको सुरुवात गरिए पनि यसलाई निरन्तरता दिनुपर्ने बताए । । हामी सबैलाई स्वस्थ्य राख्न सबैले सरसफाईमा ध्यान दिनुपर्ने मन्त्री खड्काको भनाई थियो । “भोलिका दिनमा साँच्चि नै मन्त्रालय सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ,”– मन्त्री खड्काले भने ।

मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीले मन्त्रीको नेतृत्वमा भएको सरसफाईले मन्त्रालयका सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि सरसफाईलाई निरन्तरता दिने बताए । उनले मन्त्रालयमात्र नभई देशभरका मन्त्रालय अन्तर्गत कार्यालयमा पनि सरसफाईलाई प्राथमिकता दिएर अगाडि बढ्ने उल्लेख बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स