प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथिको छलफलमा अर्थमन्त्रीले जवाफ दिने
जलसरोकार
काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफललाई निरन्तरता दिइनेछ । छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ ।
त्यसैगरी, अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सभासमक्ष पेश गर्नेछन् ।
आजको बैठकमा नेपाल राष्ट्र बैंक सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न ल्याइएको नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ पनि अर्थमन्त्रीले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलसँगै विभिन्न आर्थिक तथा वित्तीय विधेयकहरू अघि बढ्ने भएकाले आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना