आगामी वर्ष विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने सरकारी लक्ष्य
जलसरोकार
काठमाडौं – सरकारले आगामी वर्ष विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१र८२ मा कुल विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखेको हो । मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षको अन्त्यसम्म विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने बताए ।
निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गरेर विद्युत् उत्पादनको क्षमता बढाउने सरकारी योजना छ । अहिले विद्युत् जडित क्षमता करिब ३१ सय मेगावाट रहेको छ । यस्तै आगामी आर्थिक वर्षका लागि ल्याइएको सरकारको नीति तथा कार्यक्रममा प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुर्याउने लक्ष्य छ । सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याउने सरकारले जनाएको छ ।
बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने
९८ प्रतिशत जनताको घरमा बिजुली, थप ३ हजार हेक्टर जमिनमा सिँचाइ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो