आगामी वर्ष विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने सरकारी लक्ष्य
जलसरोकार
काठमाडौं – सरकारले आगामी वर्ष विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१र८२ मा कुल विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखेको हो । मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले आगामी आर्थिक वर्षको अन्त्यसम्म विद्युत् जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने बताए ।
निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गरेर विद्युत् उत्पादनको क्षमता बढाउने सरकारी योजना छ । अहिले विद्युत् जडित क्षमता करिब ३१ सय मेगावाट रहेको छ । यस्तै आगामी आर्थिक वर्षका लागि ल्याइएको सरकारको नीति तथा कार्यक्रममा प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुर्याउने लक्ष्य छ । सौर्य ऊर्जाको समेत विद्युत् खरिद सम्झौता गरी ऊर्जा मिश्रणको अवधारणा कार्यान्वयनमा ल्याउने सरकारले जनाएको छ ।
बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने
९८ प्रतिशत जनताको घरमा बिजुली, थप ३ हजार हेक्टर जमिनमा सिँचाइ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड