९८ प्रतिशत जनताको घरमा बिजुली, थप ३ हजार हेक्टर जमिनमा सिँचाइ
जलसरोकार
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विकासको गतिलाई तीब्रता दिएको दावी गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमार्फत आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले सुनकोसी मरिन डाइभर्सनको सुरुङ निर्धारित समयभन्दा अगावै सकिएको बताए । नागढुंगा नौबिसे सुरुङमार्ग छिचोलिनुका साथै निर्माणाधीन स्थानीय अस्पतालको निर्माणकार्यलाई अघि बढाइएको समेत उनले बताए ।
यस्तै चालू वर्षमा थप ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याएको समेत उनले बताए । यस्तै जलविद्युत उत्पादनको जडित क्षमता २ हजार ९४० मेगावाट पुगेको, कूल जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको समेत उनले बताए ।
यसैगरी विभिन्न कारणले लामो समयदेखि रोकिएको प्रसारणलाइन र सबस्टेसनको निर्माणको काम समेत चालू वर्षमा अघि बढेको उनले बताए । यसबाट उत्पादित बिजुलीको प्रसारणमा सहजता आएको बताइएको छ ।
राष्ट्रपति पौडेलले भारत र बंगलादेशमा विद्युत् निर्यात सुनिश्चत भएको बताएका छन् । नेपाल र भारतबीच गत पुसमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भइसकेको छ । यद्यपि निर्यात हुने बिजुलीको प्रति युनिट मूल्यलगायतबारे सम्झौता भइसकेको छैन । भारतको प्रसारण लाइन प्रयोग गरी बंगलादेशमा बिजुली निर्यात गर्न नेपाल र बंगलादेशबीच औपचारिक सम्झौता भइसकेको छैन । यस्तै पूर्वाधार विकासका आयोजना कार्यान्वयनलाई तीव्रता दिएको बताउँदै उनले भने, ‘पूर्व पश्चिम राजमार्गमा देखिएका समस्या समाधान गर्दै अघि बढाइएको छ ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा