कुलमान घिसिङलाई सरकारले हटाए सडक संघर्षमा जानुपर्छ,’ : माओवादी
जलसरोकार
काठमाडौं,: ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सात दिने स्पष्टीकरण सोधेको प्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
मंगलबार केन्द्रीय समिति बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारले बर्खास्त गर्न सात दिने स्पष्टीकरण साेधेकाे विषयले प्रवेश पाएको थियाे ।
केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।
‘विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाए तत्काल सडक संघर्षमा जानुपर्छ,’ मंगलबार बैठकमा आफ्ना कुरा राख्ने क्रममा तामाङले भनेका छन् ।
सोमबार मात्रै घिसिङलाई सरकारले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो ।
साथै, उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई एकै ठाउँमा राखेर सम्पत्ति विवरण माग्ने कार्य ठीक नभएको उनको भनाइ थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स