निर्वाचनका लागि करिब ३२ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान
जलसरोकार
काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने स्पष्ट पारेकी छन् । सरकारले जसरी पनि निर्वाचन गराउन पूर्ण रुपमा तयारीका साथ लागेको उनको भनाइ छ ।
प्रधानमन्त्री कार्कीका अनुसार कतै कुनै कारणले निर्वाचन रोकिए पनि दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराइनेछ । उनले हिमाली जिल्लाहरूमा चिसोका कारण केही जटिलता आउन सक्ने उल्लेख गर्दै आवश्यक परे सवारी साधन प्रयोग हुनसक्ने स्थानसम्म मतदातालाई ओसारेर निर्वाचन गराउने बताइन् ।
उनले भनिन्, “सरकारले जसरी पनि निर्वाचन गराउँछ । कहीँ रोकियो भने दोस्रो चरणमा गराउँछ । थोरै ठाउँ भएकोमा त साधनको प्रयोग पनि हुनसक्छ । साधनको प्रयोग गरेर पनि मान्छेलाई ओसारेर पनि गरौँला ।”
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई इमरजेन्सी (आपतकालीन) अवस्थाजस्तै भन्दै चुनाव सर्ने कुनै कारण नरहेको बताइन् ।
उनका अनुसार यस पटकको निर्वाचनमा करिब ३१–३२ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । भौतिक साधनको अभाव पूरा गर्ने, आवश्यक व्यवस्थापन गर्ने लगायतका कारण खर्च बढी हुने उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र सतर्क रहेको भन्दै नयाँ प्रतिनिधि चयन भएपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरिने पनि स्पष्ट पारिन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना