सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने

जलसरोकार
सोमबार, साउन १८, २०८३ | ११:२१:५३ बजे

 

काठमाडौं : संघीय संसद्अन्तर्गत आज एकै दिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ। बैठकहरूमा विभिन्न विधेयक तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।

दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरिनेछ।

त्यसैगरी, बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल हुने तय भएको छ।

बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

यस्तै, दिउँसो २ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीहरूमाथि छलफल गरिने संसद् सचिवालयले जनाएको छ।

समितिका बैठकहरूमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सरोकारवाला निकाय तथा विज्ञहरूलाई समेत आमन्त्रण गरिने बताइएको छ।

प्रकाशित मिति : सोमबार, साउन १८, २०८३ | ११:२१:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया