विद्युत् नियमन आयोगले घुँडा टेक्यो, लाइन नकाट्न निर्देशन


काठमाडौं,: विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नउठाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले मंगलबार (आज) प्राधिकरणलाई पत्रचार गर्दै उक्त बक्यौता विद्युत् महसुल टीओडी मिटर (टाईम अफ डे) को आधारमा महसुल उठाउन निर्देशन दिएको हो ।
‘विवादित उपभोक्ताहरुले महिना महिनामै विद्युत् महसुल नियमितरुपमा बुझाइरहेकै अवस्थामा डेडिकेटेड र ट्रंक लाइनको हकमा उक्त विषय सरकारको छानबिनको दायरामा भएको अवस्था छ’ आयोगले भनेको छ, ‘छानबिन नटुङ्गिएसम्म उपभोक्ताहरुलाई कारवाही को दायरमा राखिरहनु न्यायोति हुँदैन ।’
यसअघि मन्त्रिपरिषद् बैठकले टीओडी मिटरसमेतका आधारमा पुनः गणना गरी १५ दिनभित्र बक्यौता उठाउन र उद्योगहरूमा काटिएको लाइन जोडिदिने निर्णय २५ कात्तिकमा गरेको थियो ।
साथै, प्राधिकरणको बक्यौता उठाउन लाइन बिच्छेदबाहेक अन्य दबाबमूलक रणनीति अपनाउन सक्ने निर्णय पनि आयोगले भनेको छ ।
त्यस्तै, मन्त्रालयले गठन गरेको प्राविधिक समितिको अध्ययनबाट यो विवाद रहेको उद्योगहरूले बढी पैसा तिरेको पाइए पछाडिको बिलमा त्यो समायोजन गर्न पनि आयोगले प्राधिकरणलाई निर्देशन दिएको छ ।
‘मन्त्रालयले गठन गरेको प्राविधिक समितिले लाल आयोगको सिफारिस तथा टीओडी मिटरको तथ्यांकसमेतका आधारमा महसुल गणनाको कार्य प्रारम्भ गरिसकेको हुँदा त्यसको अध्ययन प्रतिवेदन नआएसम्म अन्य प्रक्रियाहरू यथास्थितिमा राख्ने निर्णय भएको छ,’ आयोगले भनेको छ ।


लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
आगामी २४ घण्टामा देशका विभिन्न भागमा मध्यम वर्षाको सम्भावना
-
काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जा मन्त्री खड्का
-
समयमै आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी
-
नेपालको जलविद्युत् चक्रव्यूहको दुष्परिणाम
-
सुनको भाउ एक सातामा रु ३२ सयले घट्यो
-
अर्थमन्त्री पौडेलको निर्देशन : बजेटका लक्ष्य पूरा गर्न तत्काल सक्रिय बन्नुहोस्