विद्युत प्राधिकरणले बूढीगण्डकी बनाउन सक्दैन, छुट्टै प्राधिकरण बनाउनपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
बूढीगण्डकी कोरिडोर विकास प्राधिकरणको माग
जलसरोकार
काठमाडौं – बुढीगण्डकी आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा विकास गर्नुपर्ने भन्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गर्न माग गरिएको छ । अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले जानकारी दिए । त्यस्तै प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरु तीव्रताका साथ अगाडी बढाउन माग गरिएको छ । आयोजना प्रभावित नागरिकहरुका जायज मागहरुलाई पनि यथाशीघ्र सम्बोधन गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।
लामो समयसम्म पनि बूढीगण्डकी आयोजना बनाउने विषयमा कुनै काम नभएको भन्दै भट्टराई यो आयोजना पनि कुनै सानो आयोजनाको रुपमा विकास गर्न लागेको बताए ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. भट्टराईले भने– ‘अहिलेजस्तो विद्युत प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनीबाट यो बन्न सक्दैन । त्यो भनेको नबनाउने कुरा हो । आलटाल गर्दै गएर यो अब बन्न सकेन भनेर जुन चलखेलका आशंका हिजोदेखि भएका थिए, त्यसलाई बल पु¥याउनेगरी यसलाई तुहाउने अथवा बनाइहालियो भनेपनि सानो जलविद्युत आयोजनाको रुपमा बनाउने । त्यतातिर जाँदैछ भन्ने हामीलाई लाग्छ, त्यसो भएको हुनाले गम्भीरतापूर्वक यो विषय उठाएका छौँ । उहाँहरुले चाहेमा संसदमार्फत बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडी बढाउन सक्नुहुनछ । हामीले भदौ मसान्तसम्मको समय दिएका छौँ । माग पुरा गर्नु भएन भने सरोकारवाला त्यहाँका जनतासँग मिलेर हामी आन्दोलनमा जान्छौँ ।’ प्राधिकरणको सहायक कम्पनीका रुपमा बूढीगण्डकी बन्न नसक्ने र यसको लागि छुट्टै व्यवस्था गर्न भट्टराईले माग गरे ।
बूढीगण्डकी आयोजना निर्माण हुँदा यसले देशकै अर्थतन्त्रमा ठूलो योगदान दिने बताउँदै यसमा सरकार गम्भीर भएर निर्माण सुरु गर्नुपर्ने बताए । भदौ मसान्तसम्म पनि माग पुरा नभए
असोज १ गतेदेखि सशक्त आन्दोलन गर्ने तयारीमा आफूहरु लागेको भट्टराई बताए ।


लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड