रोकिएन सेयर बजारको ओरालो यात्रा, दुई कम्पनीको मूल्यमा नेगेटिभ सर्किट
जलसरोकार
काठमाडौं– नयाँ वर्ष सुरु भएको दोस्रो कारोबार दिनमा पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा झरेको छ।
कारोबारमा आएका सबै उपसमूहको सेयर मूल्य घट्दा बजार दोहोरो अंकले ओरालो लागेको हो। फाइनान्स उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै १.६४ प्रतिशतले गुमाएका छन्।
३१४ कम्पनीमध्ये १८४ को सेयर मूल्य घटेको छ भने ५२ कम्पनीको सेयर मूल्य बढेको छ। आज गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।
दुईवटै कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो। माछापुच्छ्रे डिबेन्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ७.०९ प्रतिशतले बढेको छ।
२ अर्ब ७९ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै ङादी ग्रुप पावरको १७ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार