बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा


काठमाडौं– लगानीकर्ताले अपेक्षा गरेअनुसारको बजेट नआएपछि सेयर बुधबार सेयर बजार परिसूचक करिब २४ अंकले घटेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा सेयर लगानीकर्ता आश्वस्त नहुँदा बुधबारको कारोबारमा सेयर बजार २३.८१ अंकले आरोलो लागेको हो ।
बजेटको अघिल्लो दिन सोमबार सामान्य अंक बढेको बजार बुधबार भने २३.८१ अंक घट्न पुग्यो । आजको कारोबार पश्चात नेप्से २ हजारको विन्दुमा ओर्लिएको छ । आजको कारोबार पश्चात बजार परिसूचक २०८९.४२ मा झरेको छ ।
आजको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ६३ हजार ८० पटकमा खरिद बिक्री भएको छ ।
बजार घटेपनि युनिलिभर नेपाल लिमिटेड, कालीञ्चोक दर्शन प्रा.लि, अप्पर लोओरे खोला जलविद्युत् तथा भगवती हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
उप सूचक समूहतर्फ फाइनान्स समूह ०.१४ प्रतिशत, होटेल तथा पर्यटन १.१३ प्रतिशत, म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ २.६८ प्रतिशत तथा व्यापार समूह ०.६९ प्रतिशत बढ्यो भने बाँकी समूहको सेयर मूल्य घटेका छन् । आज सबैभन्दा धेरै बैकिङ समूहको सेयर मूल्य घटेको छ । बैंकिङ समूह २.९४ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन
-
एकीकृत बस्ती कार्यक्रम सामाजिक र आर्थिक समन्वय अभावले असफल : मन्त्री घिसिङ
-
जेन जी समूहको कम्पनीलाई भोटेकोशीको १० प्रतिशत शेयर दिने सम्झौता विवादमा
-
सेयर बजारमा सुधार, नेप्से ४४ अंकले उकालो
-
मन्त्री घिसिङलाई दक्षिण कोरियाकाे बधाई