बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा
जलसरोकार
काठमाडौं– लगानीकर्ताले अपेक्षा गरेअनुसारको बजेट नआएपछि सेयर बुधबार सेयर बजार परिसूचक करिब २४ अंकले घटेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा सेयर लगानीकर्ता आश्वस्त नहुँदा बुधबारको कारोबारमा सेयर बजार २३.८१ अंकले आरोलो लागेको हो ।
बजेटको अघिल्लो दिन सोमबार सामान्य अंक बढेको बजार बुधबार भने २३.८१ अंक घट्न पुग्यो । आजको कारोबार पश्चात नेप्से २ हजारको विन्दुमा ओर्लिएको छ । आजको कारोबार पश्चात बजार परिसूचक २०८९.४२ मा झरेको छ ।
आजको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ६३ हजार ८० पटकमा खरिद बिक्री भएको छ ।
बजार घटेपनि युनिलिभर नेपाल लिमिटेड, कालीञ्चोक दर्शन प्रा.लि, अप्पर लोओरे खोला जलविद्युत् तथा भगवती हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
उप सूचक समूहतर्फ फाइनान्स समूह ०.१४ प्रतिशत, होटेल तथा पर्यटन १.१३ प्रतिशत, म्यानिफ्यक्चरिङ एण्ड प्रोसेसिङ २.६८ प्रतिशत तथा व्यापार समूह ०.६९ प्रतिशत बढ्यो भने बाँकी समूहको सेयर मूल्य घटेका छन् । आज सबैभन्दा धेरै बैकिङ समूहको सेयर मूल्य घटेको छ । बैंकिङ समूह २.९४ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा