आगामी वर्षका लागि बजेटको सिलिङ १८ खर्ब ९० अर्ब रुपैयाँ
जलसरोकार
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको छ । मंगलबार अर्थ समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले आगामी बजेटको सीमा सम्बन्धी जानकारी दिएका हुन् ।
उनका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको सम्भावित स्रोत, राजस्व अवस्था तथा खर्च आवश्यकताको मूल्याङ्कन गर्दै उक्त सिलिङ तय गरेको हो । सोही सीमाभित्र रहेर बजेट निर्माण गर्न सबै मन्त्रालय तथा सरकारी निकायलाई बजेट सीमा पठाइसकिएको उनले बताए ।
सचिव उपाध्यायका अनुसार मन्त्रालयगत बजेट सूचना प्रणालीमा सबै मन्त्रालयले आफ्नो योजना तथा कार्यक्रमको विवरण प्रविष्ट गरिसकेका छन् । अहिले अर्थ मन्त्रालयले प्रत्येक मन्त्रालयसँग बजेट प्राथमिकता, अनावश्यक खर्च कटौती तथा अधुरा आयोजनाको व्यवस्थापनबारे अलग–अलग छलफल गरिरहेको छ ।
उनले सरकारले आगामी बजेटमा खर्चको प्रभावकारिता, स्रोत व्यवस्थापन र अधुरा आयोजनाको सम्पन्नतालाई प्राथमिकतामा राखेको जानकारी दिए ।
त्यस्तै, चालु आर्थिक वर्षको पुँजीगत खर्च हालसम्म करिब २६ प्रतिशत पुगेको सचिव उपाध्यायले बताए । पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयबाट हुँदै आएका रकमान्तरलगायतका केही कार्य सम्बन्धित मन्त्रालयलाई नै जिम्मेवारीसहित हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
सरकारले आगामी बजेटमार्फत विकास खर्चलाई प्रभावकारी बनाउने, अनावश्यक खर्च नियन्त्रण गर्ने तथा कार्यान्वयन क्षमता सुधार गर्ने लक्ष्य लिएको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो