निर्माणमा जाँदै १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना
जलसरोकार
काठमाडौं– बहुप्रतिक्षित र बहुचर्चित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणमा जाने भएको छ । आयोजना १० गते शिल्यान्यास हुने भएको हो । तमोर–मेवा जलविद्युत आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले जनाएको छ । नदी प्रवाही आयोजना ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित रहको छ। आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ रहेको छ।
यस्तै,आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि हुनेछ। आयोजनाबाट उत्पादन हुने कूल बिद्युतीय उर्जा ७११.४३ गिगावाट घण्टा रहेको छ।
आयोजनाबाट वर्षा याममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ किलोवाट घण्टा तथा सुख्खा याममा उत्पादन हुने विद्युतीय ऊर्जा क्षमता ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ किलोवाट घण्टा रहने आयोजनाले जनाएको छ ।
वर्षा यामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खा यामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ। आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खा याममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ।
मेवाखोला र तमोर नदीको पानी उपयोग गरी करिव ९ किलोमिटर दूरी बराबरको सुरुङ मार्गमार्फत उक्त विद्युत क्षमता उत्पादन गर्न लागिएको हो। आयोजनाको लागतमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋणबाट र २५ प्रतिशत प्रवर्द्धकबाट शेयर पुँजी लगानी हुने स्पार्कले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी