सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालनमा
जलसरोकार
खोटाङ : जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ को सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबारदेखि सञ्चालनमा आएको छ।
गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालिले जडानको जिम्मा लिएको उक्त बेलिब्रिज आगामी २०८३ साल जेठ पहिलो सातासम्म सञ्चालन गर्ने सहमति भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ५७ लाख लगानी मा जडान गरिएको बेलिब्रिज ५१.८१ मिटर लामो छ ।
बेलिब्रिजका लागि आवश्यक सामग्री मन्त्रालयले रु एक करोड ८७ लाखमा खरिद गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए ।
लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्दै आएका दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा ढिलै भए पनि बेलिब्रिज जडान भएपछि खुसी भएका छन् । बङ्शिलाघाटमा मोटरेबल पक्की पुलसमेत निर्माणाधीन छ ।
बेलिब्रिज जडानका लागि खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले सङ्घीय सरकारसँग माग गरेका थिए । सङ्घीय सरकारले बजेट उपलब्ध नगराएपछि प्रदेश सरकारकै लगानीमा बेलिब्रिज जडान गरिएको बराहपोखरी गाउँपालिका अध्यक्ष सालिकराम बञ्जराले कताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन–चाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण सम्पन्न
-
आइतबारका लागि मौसम चेतावनी : तराईमा तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
-
नेपालको ऊर्जा सुरक्षाको लागि दैलेखको प्राकृतिक ग्यास
-
नेपाल ग्रीन हाइड्रोजन युगतर्फ : हेटौंडामा २.५ मेगावाटको पाइलट परियोजना बन्ने
-
मेगावाट होइन, ऊर्जा खपतबाट समृद्धि मापन गर्ने युगमा नेपाल प्रवेश गर्नुपर्छ : सांसद न्यौपाने