दुधकोशीमा प्रयाेग हुने भयो टिबिएम, खर्च कम र काम छिटो हुने
जलसरोकार
काठमाडौं -६३५ मेगावाटको दुधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग हुने भएको छ। दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर लामो सुरुङ खन्न टिबिएम मेसिन प्रयोग हुने भएको हो । निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत् आयोजनाहरूको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ। आयोजनामा टिबिएम प्रयोगका लागि आफूले अथक मेहनत गरेको र अब यो साकार भएको दुधकोशी आयोजना प्रमुख विमल गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । टिबिएम प्रयोग गर्दा ४ किलोमिटर लामो विभिन्न अडिट सुरुङहरू खन्नु नपर्ने र यसबाट करिब ३ लाख २२ हजार घनमिटर चट्टान/माटो खन्ने काम घट्ने गुरुङको दाबी छ । साथै आयोजनाको लागि ८ किलोमिटर सहायक सडकहरू बनाउनु नपर्ने हुँदा करिब २ लाख २६ हजार घनमिटर कंक्रिट कम हुने गुरुङलेले जनाए । हाल विस्फोटक पदार्थको अभाव देखिएको बेला टिबिएम प्रयोगले मुख्य र अडिट सुरुङहरू खन्न करिब ३,६०० टन विष्फोटक पदार्थ नचाहिने हुँदा यो अझै प्रभावकारी हुनेछ ।
पुरानो विधिमा ३ किलोमिटरसम्म लामो अडिट सुरुङहरूको स्लोप भित्रतिर अर्थात् नेगेटिभ स्लोप भएको कारणले निर्माणताका पम्पिङ गर्नुपर्दा र माटो निकाल्ने क्रममा उकालो हिँड्नुपर्दा ठुलो धनराशी/खर्च हुने हुने र टिबिएम प्रविधिमा त्यो खर्च बचत हुनेछ । साथै विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ निर्माण गर्दा मानवीय दुर्घटना हुन सक्ने र टिबिएम को प्रयोगमा त्यो सम्भावना शून्य हुने गुरुङ बताउँछन् ।
दुधकोशी आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब दुई खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ। यसमध्ये ऋणबाट एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्