आयोजना प्रभावितलाई सीपसँगै प्रविधि हस्तान्तरण गर्दै तनहुँ हाइड्रो
जलसरोकार
दमौलीः तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण गरिएको छ । यहाँ निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा संलग्न गराउन मौरीसहितका घार र अन्य सामग्री हस्तान्तरण गरिएको हो ।
प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्दै आत्मनिर्भर बनाउन मौरीपालन तालिम दिइएको तनहुँ जलविद्युत् आयोजनाका सहायक प्रबन्धक सुरज तिवारीले जानकारी दिए । उनका अनुसार ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका दश जनालाई मौरीसहितको घार, धुवाँदानी र घुम्टो सहयोग गरिएको छ ।
उनी भन्छन्, ‘आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मागअनुसारको सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ, मौरीपालन तालिम पनि मागअनुसार नै सञ्चालन गरिएको हो ।’
आयोजनाले प्रभावित क्षेत्रमा बाख्रापालन, मौरीपालन, सिलाइकटाइ लगायतका सीपमूलक तालिम सञ्चालन गरेको छ ।
तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर बन्न सकिने उल्लेख गरे । तनहुँ जलविद्युत्आ
योजनाअन्तर्गत जीविकोपार्जन अधिकृत दीपक बोहोराले प्रभावित परिवारप्रतिको सामाजिक उत्तरदायित्व क्रमशः पूरा गर्दै जाने बताए ।
आयोजनाले सामाजिक कामलाई समेत प्राथमिकतामा दिएको छ । सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा उपभोक्ता समितिमार्फत सामुदायिक विकासका कार्यक्रम सञ्चालन गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उपभोक्ता समितिमार्फत सञ्चालिन योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमितरुपमा अनुगमन तथा सुपरिवेक्षण गरिएको उनको भनाइ छ ।
आयोजनाले हालसम्म ५७ योजना सम्पन्न गरेको छ । त्यस्तै नौ योजना सञ्चालनमा रहेका छन् । भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ स्थित गणेश आधारभूत विद्यालयको कम्पाउण्ड वाल, म्याग्दे गाउँपालिका–१ स्थित विजय आधारभूत विद्यालयको खेलमैदान सुधार, भिमाद नगरपालिका–५ स्थित दीपक माध्यमिक विद्यालय भवन, व्यास–५ स्थित पराशर आधारभूत विद्यालय भवन, पाटन ढल निर्माण, भिमाद–५ स्थित वान्ताङ खोला क्रसिङ संरक्षण र ऋषिङ–१ झापुटारस्थित सभाहल निर्माण जारी छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो
-
चिलिमे पावरहाउस पहिलो बाढीमै पूर्णरूपमा ध्वस्त, तीन शव भेटिएको उद्धार टोलीको जानकारी