माडी-थोरी सडक खण्डको पुल निर्माणको ठेक्का तोड्ने निर्णय सार्वजनिक
जलसरोकार
वीरगन्ज, मंसिर १२ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्जले चितवनको माडी-थोरी सडक मार्गमा पटारी खोलामा निर्माणाधीन प्रि-स्ट्रेस्ट आरसिसी पुल निर्माणको ठेक्का तोडिएको जानकारी सार्वजनिक गरेको छ।
कार्यालयले ठेक्का नं. HRP/3372244/073/74/BC-021 अन्तर्गत ४० मिटर स्पान र ४१.२० मिटर लम्बाइको पुल निर्माणका लागि सम्झौता गरिएको भए पनि सम्झौताअनुसार काम तय समयसीमा भित्र सम्पन्न गर्न ठेकेदार असफल रहेको कारण देखाउँदै ठेक्का तोडिएको जनाइएको छ।
सूचनामा भनिएको छ कि निर्माण कार्य अघि बढाउन ठेकेदारलाई पटक-पटक पत्राचार, चेतावनी तथा आवश्यक निर्देशन दिए पनि Updated Work Schedule, EOT, Performance Guarantee लगायतका कागजातसमेत समयमै नबुझाएको र कार्यप्रगति न्यून रहेकोले GCC को नियमअनुसार ठेक्का रद्द गरिएको हो।
योजना कार्यालयले ठेक्का तोडिएकाले अब बाँकी कार्य अर्को प्रक्रियामार्फत अघि बढाइने बताएको छ। साथै, निर्माण ढिलाइका कारण परियोजना प्रभावित भएकाले ठेकेदार कम्पनीको नाम कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढ्ने सूचनामा उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु