माडी-थोरी सडक खण्डको पुल निर्माणको ठेक्का तोड्ने निर्णय सार्वजनिक
जलसरोकार
वीरगन्ज, मंसिर १२ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगन्जले चितवनको माडी-थोरी सडक मार्गमा पटारी खोलामा निर्माणाधीन प्रि-स्ट्रेस्ट आरसिसी पुल निर्माणको ठेक्का तोडिएको जानकारी सार्वजनिक गरेको छ।
कार्यालयले ठेक्का नं. HRP/3372244/073/74/BC-021 अन्तर्गत ४० मिटर स्पान र ४१.२० मिटर लम्बाइको पुल निर्माणका लागि सम्झौता गरिएको भए पनि सम्झौताअनुसार काम तय समयसीमा भित्र सम्पन्न गर्न ठेकेदार असफल रहेको कारण देखाउँदै ठेक्का तोडिएको जनाइएको छ।
सूचनामा भनिएको छ कि निर्माण कार्य अघि बढाउन ठेकेदारलाई पटक-पटक पत्राचार, चेतावनी तथा आवश्यक निर्देशन दिए पनि Updated Work Schedule, EOT, Performance Guarantee लगायतका कागजातसमेत समयमै नबुझाएको र कार्यप्रगति न्यून रहेकोले GCC को नियमअनुसार ठेक्का रद्द गरिएको हो।
योजना कार्यालयले ठेक्का तोडिएकाले अब बाँकी कार्य अर्को प्रक्रियामार्फत अघि बढाइने बताएको छ। साथै, निर्माण ढिलाइका कारण परियोजना प्रभावित भएकाले ठेकेदार कम्पनीको नाम कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढ्ने सूचनामा उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मन्त्री कुलमान घिसिङबाट विपद् प्रभावित रोशी क्षेत्रको निरीक्षण
-
माडी-थोरी सडक खण्डको पुल निर्माणको ठेक्का तोड्ने निर्णय सार्वजनिक
-
अब काठमाडौंका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न 'सडक एम्बुलेन्स' सञ्चालनमा
-
एनएमबि बैंकलाई भिसा इन्टरनेशनलबाट ‘डिजिटल पेमेंट ग्रोथ अवार्ड’
-
ऊर्जाशील कर्मचारी संघ लुम्बिनी प्रदेशमा मिनबहादुर जिसी अध्यक्ष निर्वाचित
-
बंगलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लिने