सूर्यकुण्ड हाइड्रोले आईपीओ निष्कासन गर्ने, नियमन आयोगले दियो स्वीकृति
जलसरोकार
काठमाडौं – विद्युत नियमन आयोगले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजारको आईपीओ निष्काशन गर्ने भएको हो । आईपीओको लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । सेयरको प्रत्याभूतिको कार्य नेपाल एसबीआई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।
कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एसवीआई बैंकसँगको सहवित्तीय कर्जाबाट आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको करिव ७० प्रतिशत निर्माणकार्य सम्पन्न भएको कम्पनीले जनाएको छ।
नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादी खोलामा यो आयोजनाको निर्माण कार्य भइहरेको छ । यस कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपी पावर कम्पनीका सेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताए ।
यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिनामा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो ३३ के.भी ट्रान्सिमिसन लाइनबाट नेपाल विद्युत् प्राधिकरणको समुन्द्रटार सव स्टेशनमा जडान गरी काठमाडौंको लागि अझ भरपर्दो विद्युत प्रदान गरिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै