सूर्यकुण्ड हाइड्रोले आईपीओ निष्कासन गर्ने, नियमन आयोगले दियो स्वीकृति


काठमाडौं – विद्युत नियमन आयोगले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ । कम्पनीले १३ लाख ७९ हजार ३५० कित्ता बराबरको १३ करोड ७९ लाख ३५ हजारको आईपीओ निष्काशन गर्ने भएको हो । आईपीओको लागि कम्पनी र कुमारी क्यापिटलबीच सम्झौता सम्पन्न भई कार्य अघि बढीसकेको छ । सेयरको प्रत्याभूतिको कार्य नेपाल एसबीआई क्यापिटलबाट हुनेछ । कम्पनीले ११ मेगावाट क्षमताको माथिल्लो तादी जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ ।
कुमारी बैंक लिमिटेडको अगुवाईमा नेपाल एसवीआई बैंकसँगको सहवित्तीय कर्जाबाट आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको करिव ७० प्रतिशत निर्माणकार्य सम्पन्न भएको कम्पनीले जनाएको छ।
नुवाकोटको दुप्चेश्वर गाऊँपालिकामा तादी खोलामा यो आयोजनाको निर्माण कार्य भइहरेको छ । यस कम्पनीमा अपी पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको र आयोजना निर्माण पश्चात अपी पावर कम्पनीका सेयरधनिहरुलाई थप मुनाफा दिने कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताए ।
यस आयोजनाको निर्माण कार्य २०८१ साल माघ महिनामा सम्पन्न गर्न कम्पनी लागि परेको समेत न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो ३३ के.भी ट्रान्सिमिसन लाइनबाट नेपाल विद्युत् प्राधिकरणको समुन्द्रटार सव स्टेशनमा जडान गरी काठमाडौंको लागि अझ भरपर्दो विद्युत प्रदान गरिनेछ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन