सुपर मादी हाइड्रोपावरको चैत मसान्तसम्ममा २४ करोड ४१ लाख नाफा
जलसरोकार
काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २४ करोड ४१ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा २४ करोड ४१ लाख ८२ हजार रुपैयाँ नाफा आर्जन गरेको हो।
उक्त अवधिमा कम्पनीको सञ्चालन आम्दानी ९३ करोड ६४ लाख रुपैयाँ पुगेको छ। प्रत्यक्ष खर्च कटाउँदा कम्पनीले ८८ करोड ५२ लाख रुपैयाँभन्दा बढी स्थूल नाफा कमाएको देखिन्छ।
कम्पनीको वित्तीय खर्च ३५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने ह्रास (डिप्रिसिएसन) खर्च २३ करोड ६५ लाख रुपैयाँ रहेको छ। कर्मचारी खर्च ७४ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ४ करोड २२ लाख रुपैयाँभन्दा बढी रहेको छ।
कम्पनीको कुल सम्पत्ति ९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये स्थिर सम्पत्ति (नन–करन्ट एसेट) ९ अर्ब २२ करोड रुपैयाँभन्दा बढी रहेको छ भने चालु सम्पत्ति ४२ करोड २९ लाख रुपैयाँ रहेको छ।
इक्विटीतर्फ कम्पनीको सेयर पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष २६ करोड ९६ लाख रुपैयाँ रहेको छ। कुल इक्विटी २ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
दायित्वतर्फ कम्पनीको दीर्घकालीन ऋण ६ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको छ भने अल्पकालीन दायित्व ३५ करोड ९३ लाख रुपैयाँ रहेको छ।
प्रति सेयर आम्दानी (EPS) १०.५५ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १११ रुपैयाँ ६५ पैसा कायम भएको छ। तरलता अनुपात १.१८ रहेको कम्पनीले जनाएको छ।
कम्पनीले मादी खोला जलविद्युत आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको र विद्युत प्राधिकरणबाट समय–समयमा डिस्प्याच निर्देशन प्राप्त भइरहेकाले उत्पादन स्थिर रहेको जनाएको छ।
यद्यपि, प्रसारण लाइन, प्राकृतिक विपद् तथा नदीमा पानीको बहावमा हुने उतार–चढावजस्ता चुनौतीले विद्युत उत्पादनमा असर पार्न सक्ने कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले सुशासन र जोखिम न्यूनीकरणमा ध्यान दिँदै वित्तीय अनुशासन कायम राख्दै आएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?