सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने
जलसरोकार
काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने भएको छ। कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
त्यस्तै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ।
असोज १ गते साधारणसभा
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज १ गते बिहीबार काठमाडौंको होटल इम्पेरियलमा १७औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुक क्लोज गर्ने भएको छ।
यसअनुसार भदौ १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम रहेका शेयरधनीले कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले साधारणसभामार्फत लाभांश प्रस्ताव पारित गरेपछि नियामकीय प्रक्रिया पूरा गरी शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना