सुपर खुदी हाइड्रोपावरको पहिलो कारोबार ३०० रुपैयाँमा, नियमित बजारमा प्रवेश
जलसरोकार
काठमाडौँ, : स्पेशल प्रि-ओपन सेसनमा सुपर खुदी हाइड्रोपावरको शेयरको पहिलो कारोबार प्रतिकित्ता रु ३०० मा सम्पन्न भएको छ।
कम्पनीको शेयर हिजो अर्थात् चैत १० गते मंगलबार नेप्सेमामा सूचीकृत भएको थियो। पहिलो कारोबार यसै सूचीकृत शेयरबाट स्पेशल प्रि-ओपन सेसनमा भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ३१ लाख कित्ता र संस्थापक शेयरधनीहरूको १ करोड २४ लाख कित्ता गरी कुल १ करोड ५५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रु १०० देखि रु ३०० सम्मको ओपनिङ रेञ्ज तोकेको थियो। सोही रेञ्जका आधारमा प्रि-ओपन सेसनमा पहिलो कारोबार भएको हो।
यससँगै अब कम्पनीको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। नेप्सेले कम्पनीलाई SKHL स्टक टिकर प्रदान गरेको छ।
विशेषज्ञहरूका अनुसार नयाँ कम्पनीको सूचीकरण र पहिलो कारोबारले सेयर बजारमा नयाँ गतिविधि थप्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो