सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सान्भी इनर्जी घाटामा, उत्पादन ठप्प हुँदा आम्दानी घट्यो

जलसरोकार
शुक्रबार, चैत १३, २०८२ | १४:३६:४४ बजे

 

काठमाडौं : सान्भी इनर्जीकाे चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आयोजना बन्द रहेकाले आम्दानी घट्दा नोक्सान व्यहोर्नुपरेको हो।

कम्पनीले दोस्रो त्रैमासमा करिब रु. १० करोड ४९ लाख आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो। यस अवधिमा कम्पनी रु. ४ करोड ४२ लाख घाटामा रहेको छ। प्रति शेयर आम्दानी (EPS) पनि –५.०३ नकारात्मक रहेको छ।

वित्तीय अवस्थातर्फ हेर्दा कम्पनीको कुल सम्पत्ति घटेर रु. २ अर्ब ६५ करोड मा झरेको छ। अघिल्लो त्रैमासमा यस्तो सम्पत्ति रु. २ अर्ब ७५ करोड थियो। त्यसैगरी, कम्पनीको कुल इक्विटी पनि घटेर रु. ९५ करोड ८२ लाख मा सीमित भएको छ।

कम्पनीका अनुसार इलाम क्षेत्रमा आएको बाढीका कारण जलविद्युत आयोजना क्षतिग्रस्त बनेपछि हाल दुवै परियोजना मर्मत तथा पुनर्निर्माणमा छन्। यस कारण विद्युत उत्पादन पूर्ण रूपमा ठप्प हुँदा राजस्वमा गिरावट आएको हो।

अघिल्लो त्रैमासमा नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिएको विद्युतको आम्दानी यस त्रैमासमा पनि समायोजन गरिएको कम्पनीले जनाएको छ।

शेयर बजारतर्फ कम्पनीको दोस्रो त्रैमास अवधिमा अधिकतम मूल्य रु. ८५५ र न्यूनतम रु. ५५०.१० रहेको छ भने अन्तिम कारोबार मूल्य रु. ८२५ कायम भएको छ। सो अवधिमा करिब २७ लाख ८१ हजार कित्ता शेयर कारोबार भएको कम्पनीले जनाएको छ।

कम्पनीले दक्ष जनशक्ति व्यवस्थापन, बढ्दो ब्याजदर र प्राकृतिक विपत्तिलाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ। पुनर्निर्माण कार्य जारी रहेकाले आगामी दिनमा सञ्चालन सुधार हुने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।

प्रकाशित मिति : शुक्रबार, चैत १३, २०८२ | १४:३६:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया