सेयर बजार सामान्य बढ्यो, माइक्रो फाइनान्स समूहमा उछाल
जलसरोकार
काठमाडौं–साताको अन्तिम कारोबारका दिन सेयर परिसूचक सामान्य अंकले बढेको छ । बिहीबार बजार परिसूचक ०.७९ अंक बढेर साताको कारोबार बन्द भएको हो । साताको अन्तिम कारोबार पश्चात बजार २०१८.७६ मा कायम रहेको छ ।
आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३९ कम्पनीको सेयर मूल्य घटेको छ । सामान्य अंकले बजार बढ्दा ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ५७ हजार २१८ पटकमा खरिद बिक्री भएको छ ।
सामान्य अंकले बजार बढ्दा पनि माइक्रो फाइनान्स समूहका कम्पनीहरु उच्च कारोबार गर्नेमा परेका छन् । हिमालयन लघुवित्त, जाल्पा सामूदायिक लघुवित्त, सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समूहगत परिसूचकतर्फ माइक्रो फाइनान्स समूह ३.८० प्रतिशत र अन्य समूह ०.२२ प्रतिशतले बढ्दा बाँकी समूह राताम्मे देखिएका छन् । आज सबैभन्दा धेरै फाइनान्स समूह १.४५ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना