सेयर बजारमा उच्च अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो
जलसरोकार
काठमाडौं: साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ ।
अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक (२.६७ प्रतिशत) बढेर २८९० अंकमा पुगेको छ । बजारको यो अंक भदौ ९ यताकै उच्च हो ।
कारोबार रकम पनि बढेको छ । गत बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको भयो ।
१९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रह्यो । ४ वटा सेक्टर ४ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा पर्यटन ४.१४, हाइड्रोपावर १.९८, लगानी ३.०३, जीवन बीमा ४.३१, उत्पादन ४.७९, माइक्रोफाइनान्स १.३५, निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार १.०६ प्रतिशत बढे ।
हिमालयन डिस्टिलरी, गार्डियन माइक्रोलाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, दोर्दीखोला हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ९.२, बोटलर्स नेपाल बालाजुको ८.८, सप्तकोशी विकास बैंकको ८ र शिवम् सिमेन्टको ७.९ प्रतिशत मूल्य बढ्यो ।
समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । अपरहेवाखोलाको ५.४७ तथा भूगोल इनर्जीको ३.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सिन्धु विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र साहस ऊर्जा क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना