सेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
जलसरोकार
काठमाडौँ,: सेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।
विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ८५ मा कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आजको कारोबारपछि दुई २६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, चार वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ७० प्रतिशत, साहास ऊजा लिमिटेडको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य