सेयर बजार २६.४९ अंकले वृद्धि
जलसरोकार
काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । १ः ४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोडको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । व्यापार ०.१५ प्रतिशत घट्यो ।
लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढे ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य ४.४ प्रतिशत घट्यो । आज हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एचआईडीसीएल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने
-
सेयर बजार सामान्य सुधार, नेप्से ५.७० अंकले बढ्यो
-
नेपाल र एडीबीबीच १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
-
महाकाली सिँचाइ तेस्रो चरण र चार लेन पुलको मन्त्री घिसिङबाट स्थलगत निरीक्षण
-
सुनचाँदीको मूल्य बढेकोबढ्यै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री घिसिङ