सेयर बजार २६.४९ अंकले वृद्धि
जलसरोकार
काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ । १ः ४५ बजे नेप्से २७४० अंकसम्म पुगेको थियो ।
बजारसँगै कारोबार रकम पनि बढेको छ । आज १० अर्ब ७९ करोडको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २६ करोडको कारोबार भएको थियो । आज व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । व्यापार ०.१५ प्रतिशत घट्यो ।
लगानी समूह सबैभन्दा धेरै २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.१४, विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६, अन्य ०.३७ प्रतिशत बढे ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । एचआईडीसीएलको ६.८२, सुपरमादी हाइड्रोपावरको ६.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढ्यो ।
बोटलर्स नेपाल बालाजुको मूल्य ४.४ प्रतिशत घट्यो । आज हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एचआईडीसीएल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?