अर्थमन्त्री वाग्लेसँगकाे भेटवार्तापछि शेयर बजार हरियाे
जलसरोकार
काठमाडौँ : स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई भेटेर पुँजी बजारका वर्तमान चुनौती र सुधारका उपायबारे छलफल गरेका छन्। आज बिहान तय भएको भेटवार्तापछि शेयर बजारमा सकारात्मक प्रभाव परेको छ र नेप्से सूचकांक ५० अंकभन्दा बढीले बढेको छ।
भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई अन्तर्राष्ट्रिय ग्रे लिस्टबाट बाहिर ल्याउन सुशासन लागू गर्न आवश्यक रहेको बताए। “केही अनुसन्धान पुरानै हुन्, अहिले अन्तिम चरणमा छन्। अपराध गरेकालाई उन्मुक्ति हुँदैन, तर छानीछानी प्रतिशोध पनि हुँदैन। सरकार निजी क्षेत्रमैत्री छ,” उनले भने।
उनले थपे, “हामी अर्थतन्त्रलाई उचाइमा पुर्याउने लक्ष्यमा छौँ। बजेट २०४८ रूपान्तरणकारी र ऐतिहासिक आउँदैछ। हल्ला र गलत अफवाहको पछि नलागौं, शेयर बजारमा स्वर्णिम समय आउँदैछ।”
भेटमा ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मी ले वर्तमान बजारमा शेयर बेचेर निस्किएका र उठाउन लागेका व्यक्तिहरूले गलत हल्ला फैलाइरहेको भन्दै साना लगानीकर्तालाई सुरक्षा दिने उपाय अपनाउनुपर्ने सुझाव राखे। उनले निजी क्षेत्रमाथि गरिने अनुसन्धान जायज भए पनि गोप्य राखिनुपर्ने र पुँजीबजार सुधार कार्यदलको सुझाव कार्यान्वयन हुनुपर्ने बताए।
यस भेटपछि लगानीकर्तामा मनोबल बढेको र बजारमा स्थिरता देखिन थालेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य