सामान्य अंकले बढ्यो सेयर बजार, व्यापार र फाइनान्स समूहमा उछाल
जलसरोकार
काठमाडौं– साताको चौथो कारोबारका दिन सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । बुधबार सेयर बजार परिसूचक ३.७९ अंकले बढेको हो । अघिल्लो कारोबारका दिन ४७ अंकले बढेको बजार बुधबार भने ३.७९ अंकले बढेको हो । आजको कारोबार पश्चात बजार मापक २१०४.२२ विन्दुमा उक्लिएको छ । साताको चौथो कारोबारमा १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बजारमा अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने बढेको छ ।
आज ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर ६१ हजार १९९ पटकमा खरिद बिक्री भएको छ जसमा ३१४ कम्पनी थिए । मंगलबार ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँ बराबरको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर ६० हजार ७२० पटकमा खरिद बिक्री भएको थियाे ।
सेन्ट्रल फाइनान्स तथा आइसिएफसी फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । यस्तै गुह्वेश्वरी फाइनान्स, मञ्जुश्री फाइनान्स, सप्तकोशी विकास बैंक उच्च कारोबार गर्ने कम्पनीमा परे ।
समूहगत उपसूचकतर्फ बैंकिङ समूह ०.६३ प्रतिशत, विकास बैंक २.७१ प्रतिशत, फाइनान्स समूह ६.०४ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.१८ प्रतिशत तथा व्यापार समूह ६.१२प्रतिशतले बढेकोे छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लिट्मसले नेपाली बजारमा भित्र्यायो दुई नयाँ कन्डक्टर प्रविधि
-
हिउँदमा आफ्नै उत्पादन १,२१८ मेगावाट, भारतबाट १,१५५ मेगावाट ल्याउने प्राधिकरणको योजना
-
नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरियो
-
मुस्ताङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध
-
विद्युत्मा लगाइएको भ्याट तत्काल हटाउन उद्योग वाणिज्य महासंघको माग