बुधबार जलविद्युत्मा आकर्षण देखियो सेयर बजार
जलसरोकार
काठमाडौं: बुधबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.०१ अंक बढेर २६९६ अंकमा पुगेको हो ।
कारोबारका क्रममा नेप्से २७ सय ४ अंकसम्म पुगेको थियो । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ७ अर्ब २६ करोडको भयो । कुल १४७ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।
यस दिन हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३९, विकास बैंक १.११, जीवन बीमा ०.०५, निर्जीवन बीमा ०.५५ र व्यापार ०.११ प्रतिशत बढे ।
फाइनान्स ०.६७, होटल तथा पर्यटन ०.१६, लगानी ०.३५, उत्पादन समूह ०.१६, माइक्रोफाइनान्स ०.०६ र अन्य समूह १.०७ प्रतिशत घटे ।
पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, बलेफी हाइड्रोपावर, नेपाल माइक्रो इन्स्योरेन्स, राधि विद्युत् र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स छन् ।
ङादी ग्रुपको ७.४, ग्रिन डेभलपमेन्ट बैंकको ६.५, शिवश्री हाइड्रोपावरको ५.८ र हिमालयन पावर पार्टनरको ५.८ प्रतिशत मूल्य बढ्यो । गुराँस लघुवित्त वित्तीय संस्थाको ५.५, सिन्धु विकास बैंकको ४.३ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधि विद्युत्, बलेफी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार सामान्य सुधार, नेप्से ५.७० अंकले बढ्यो
-
नेपाल र एडीबीबीच १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
-
महाकाली सिँचाइ तेस्रो चरण र चार लेन पुलको मन्त्री घिसिङबाट स्थलगत निरीक्षण
-
सुनचाँदीको मूल्य बढेकोबढ्यै, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
टनकपुर व्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री घिसिङ
-
देशभर मौसम मुख्यतया सफा, काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री