६.७८ अंकले बढ्यो सेयर बजार, ११८ कम्पनीको बढ्दा ११७ को घट्यो, ८ को स्थिर
जलसरोकार
काठमाडौं,: सोमबार सेयर बजारको परिसूचक नेप्से अंक ६.७८ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६०७ मा कायम भएको छ । कारोबार रकममा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५७ करोडको भयो ।
११८ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो । फाइनान्स सेक्टर सबैभन्दा धेरै २.५३ प्रतिशत घट्यो भने अन्य सेक्टर २.१३ प्रतिशत बढ्यो ।
त्यस्तै बैंकिङ ०.२०, विकास बैंक ०.६०, हाइड्रोपावर ०.०२ र माइक्रोफाइनान्स ०.०४ प्रतिशत घटे । होटल तथा पर्यटन ०.१२, लगानी ०.६०, जीवन बीमा ०.०४, उत्पादन १.६८, निर्जीवन बीमा ०.२३ र व्यापार समूह १.०६ प्रतिशत बढे ।
मानुषी लघुवित्तको मूल्य ९.०५ प्रतिशत बढ्यो । रिभर फल्स पावरको ७.७, दोल्ती पावरको ७.४, मध्यभोटेकोशीको ५.८, बाराही हाइड्रोपावरको ५.७, हिमालयन पावर पार्टनरको ५.६ तथा नेपाल पुनर्बीमा कम्पनीको ४.८४ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्त, सुपरमादी हाइड्रोपावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो ।
नेपाल फाइनान्सको ७.१५, जानाकी फाइनान्सको ६.९७, नारायणी डेभलपमेन्टको ५.९७, लुम्बिनी विकास बैंकको ४.५५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा रिभर फल्स पावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा कम्पनी र सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य