२६७६ अंकमा झर्यो सेयर बजार, घट्यो कारोबार
जलसरोकार
काठमाडौं ः अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से १६.९५ अंक घटेको हो । सो गिरावटपछि नेप्से २६७६ अंकमा झरेको छ ।
बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ७९ करोडको भयो । ४२ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । व्यापारबाहेक सबै सेक्टरका सूचक घटेका छन् । विशाल बजार कम्पनीको मूल्य बढ्दा व्यापार सेक्टर ३.८ प्रतिशत बढ्यो ।
बैंकिङ ०.७४, विकास बैंक ०.९५, फाइनान्स १.८४, होटल तथा पर्यटन १.७४, हाइड्रोपावर ०.९९, लगानी ०.४४, जीवन बीमा ०.६३, उत्पादन ०.५२, माइक्रोफाइनान्स १.१०, निर्जीवन बीमा ०.३८ र अन्य समूह १.३९ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै राधि विद्युत्को ४.२८, सयपत्री हाइड्रोको ४.१५, विशाल बजारको ४.०६ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोको ४.३६, उपकार लघुवित्तको ४.०५, दोर्दी हाइड्रोपावरको ३.६ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, नेपाल पुनर्बीमा र हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
१० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्यतर्फ अर्को खुड्किलो : ऊर्जामन्त्री श्रेष्ठ
-
नेपाल-भारत ऊर्जा सहकार्यलाई कार्यान्वयनमा लैजान कुलमान घिसिङको आग्रह
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान