जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

निरन्तर ओरालोतर्फ सेयर बजार, आईतबार ५४.६२ अंकले घट्यो

जलसरोकार
आइतबार, चैत १०, २०८१ | १७:१५:४१ बजे

 काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५४.६२ अंक (२.०४ प्रतिशत) घटेको हो ।

उक्त गिरावटपछि नेप्से २६१४ अंकमा कायम भएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो ।

कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशत घटे ।

यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । आईसीएफसीडी ८८ को ३.८९, कुथेली बुखरी स्मल हाइड्रोको २.८, एनआईसीएडी ८२८३ को २ तथा एसबीडीबी ८७ को २ प्रतिशत मूल्य बढ्यो ।

मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जीको ७.२, सयपत्री हाइड्रोको ६.४, मायाखोला हाइड्रोको ५.६६,  अपरसोलु हाइड्रोको ५.४६ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : आइतबार, चैत १०, २०८१ | १७:१५:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया