४ दिनदेखि सेयर बजार लगातार ओरालेबाटोमा, आज पनि ११.४९ अंकले घट्यो
जलसरोकार
काठमाडौं: आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंक घटेको हो । योसँगै नेप्से २६८८ अंकमा कायम भएको छ ।
विगत ४ कारोबार दिनदेखि बजार लगातार घटिरहेको छ । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकले बजार घटेको थियो । बजार झर्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडमा खुम्चियो ।
६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स ०.८०, उत्पादन ०.१५, माइक्रोफाइनान्स ०.२५ तथा व्यापार समूह १.३९ प्रतिशत बढे ।
अन्य १.३०, निर्जीवन बीमा ०.५७, जीवन बीमा ०.७६, लगानी ०.३९, हाइड्रोपावर ०.५०, होटल तथा पर्यटन ०.२४, विकास बैंक १.३५ र बैंकिङ सेक्टर ०.३५ प्रतिशत घटे ।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । गार्डियनको आजदेखि कारोबार सुरु भएको हो । जसको मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ १० पैसा छ ।
त्यस्तै उपकार लघुवित्तको ६, इनिफिनिटी लघुवित्तको ६ तथा अपरलोहोरेखोलाको ५.२ प्रतिशत मूल्य बढ्यो । त्यस्तै सप्तकोशी विकास बैंकको ६.५, सिन्धु विकास बैंकको ५.६ तथा भूगोल इनर्जीको ४.६ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीएचडीसी, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य