सेयर बजार २.२७ अंकको सुधार, परिसूचक २०७८ मा कायम
जलसरोकार
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारमा सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक २.२७ अंकले बढेको हो । अघिल्लो कारोबार दिन मंगलबार १८.७६ अंकले घटेको नेप्से आज २.२७ अंकले बढेर २०७८.७६ विन्दुमा कायम भएको हो।
बजारसँगै आज कारोबार रकमपनि घटेको छ । आज ३ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्ला दिनको कारोबारमा ४ अर्ब माथिको सेयर खरिद बिक्री भएको थियो । पहिलो कारोबार दिनआइतबार नेप्से परिसूचक १७ अंकले घटेको थियो। सो दिन ५ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको थियो।
आज १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर मूल्य घटेको छ । आज नेपाल फाइनान्स, समाज लघुवित्त, कुथेली बुखरी हाइड्रो, मन्दकिनी हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परेका छन् । नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो कम्पनीको ९.९९ प्रतिशतले सेयर बढ्यो। समाज लघुवित्तीय वित्तको ९.८८ प्रतिशत,कुथेली बुखरी स्माल हाइड्रोपावरको ९.३८ प्रतिशत,मन्दाकिनी हाइड्रोपावरको ८.२८ र सामलिङ पावरको ८.०८ प्रतिशतले सेयर बढ्यो।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड मूल्य बढिको सेयर कारोबार भयो। यसैगरी गोर्खाज फाइनान्सको ९ करोड ,ग्लोबल आइएमईको ८ करोड,सीएचडीसी हाइड्रोपावर र हिमालयन लघुवित्तको ७/७ करोड मूल्य बढिको सेयर कारोबार भयो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना