१४.८१ अंक घट्दा सेयर परिसूचक २ हजारको विन्दुमुनि
गोर्खाज फाइनान्समा भने पोजेटिभ सर्किट
जलसरोकार
काठमाडौं– सेयर बजार परिसूचक २ हजार विन्दुबाट तल ओर्लिएको छ। नेप्से मंगलबार १४.८१ अंकले घटेको छ। १३ वटै उपसमूहले नेप्से १९९१.७१ विन्दुमा झारेका हुन्।
जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.३१ प्रतिशतले घटेको छ। २०० वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
४२ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। सबैभन्दा धेरै कमाउनेमा गोर्खाज फाइनान्सका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
गोर्खाज फाइनान्स सबैभन्दा धेरै रकमको सेयर किनबेच हुने कम्पनीको सूचीमा छ। यो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यस्तै ६.७४ प्रतिशतले मूल्य घटेको पोखरा फाइनान्सको ६ करोड ६८ लाख ९८ हजार रुपैयाँको सेयर किनबेच भएको छ। धेरै कारोबारका आधारमा यो कम्पनी तेस्रो नम्बरमा छ।
बजारमा मंगलबार २ अर्ब १० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
ग्रीन डेभलपमेन्ट बैंकको ५, दिव्यश्वरी हाइड्रोपावरको ४, इमर्जिङ नेपालको २.९ प्रतिशत मूल्य बढ्यो । रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । यस कम्पनीको सेयरमा संस्थापक तथा प्रभावित स्थानीयको लकइन पिरियड सकिएपछि मूल्यमा उच्च गिरावट देखिएको छ । पोखरा फाइनान्सको ६.७, सीवाईसी लघुवित्तको ६.५, दोल्ती पावरको ५.६, जनउत्थान लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कुलेखानीमा पानीको सतह बढ्न नदिन विद्युत् उत्पादन बढाइयाे
-
रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध, सयौँ यात्रु अलपत्र
-
४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध