१४.८१ अंक घट्दा सेयर परिसूचक २ हजारको विन्दुमुनि
गोर्खाज फाइनान्समा भने पोजेटिभ सर्किट
जलसरोकार
काठमाडौं– सेयर बजार परिसूचक २ हजार विन्दुबाट तल ओर्लिएको छ। नेप्से मंगलबार १४.८१ अंकले घटेको छ। १३ वटै उपसमूहले नेप्से १९९१.७१ विन्दुमा झारेका हुन्।
जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै १.३१ प्रतिशतले घटेको छ। २०० वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
४२ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। सबैभन्दा धेरै कमाउनेमा गोर्खाज फाइनान्सका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
गोर्खाज फाइनान्स सबैभन्दा धेरै रकमको सेयर किनबेच हुने कम्पनीको सूचीमा छ। यो कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यस्तै ६.७४ प्रतिशतले मूल्य घटेको पोखरा फाइनान्सको ६ करोड ६८ लाख ९८ हजार रुपैयाँको सेयर किनबेच भएको छ। धेरै कारोबारका आधारमा यो कम्पनी तेस्रो नम्बरमा छ।
बजारमा मंगलबार २ अर्ब १० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
ग्रीन डेभलपमेन्ट बैंकको ५, दिव्यश्वरी हाइड्रोपावरको ४, इमर्जिङ नेपालको २.९ प्रतिशत मूल्य बढ्यो । रुरु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । यस कम्पनीको सेयरमा संस्थापक तथा प्रभावित स्थानीयको लकइन पिरियड सकिएपछि मूल्यमा उच्च गिरावट देखिएको छ । पोखरा फाइनान्सको ६.७, सीवाईसी लघुवित्तको ६.५, दोल्ती पावरको ५.६, जनउत्थान लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव